शनिबार, साउन १२, २०८१
05:59 | १०:४४

ब्रिटिश नेप्लिज् प्रिमियर लिग क्रिकेटको अन्तिम तयारी, ज्ञानेन्द्र मल्ल शनिबार आइपुग्ने

नेपाली लिङ्क अगस्ट ४, २०२३

लण्डन । दोस्रो ब्रिटिश नेप्लिज् प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएका छन् ।  

बिहीबार खेलस्थल लन्डनको साउथलस्थित ‘लन्डन टाईगर स्पोर्टस् भेन्यू’ मा एक पत्रकार सम्मेलन गर्दै आयोजकले अगस्ट ६ तारिख आइतबार हुने प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल विशेष अतिथिका रुपमा शनिबार लण्डन आइपुग्ने जानकारी पनि दिए ।  

लिगको मुख्य आयोजक ’केटिएम ट्राभल एण्ड टुर्स’ का अपरेसन डाइरेक्टर सुनिल थापाले प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरी ६ टिमले प्रतिस्पर्धा गर्ने बताए । 

थापाले विजेता टिमलाई २५५० पाउण्ड र दोश्रो हुनेलाई १००० पाउण्ड नगद र ट्रफी दिइने जनाए । यो पुरस्कार राशी बेलायतमा हुने नेपाली जुनसुकै खेलकुदको पुरस्कार भन्दा बढी रहेको आयोजकको दावी छ ।  

६ प्लेअर अफ द म्याच प्रत्येकलाई ७५ पाउण्ड, क्याच अफ द टुर्नामेन्ट १०० पाउण्ड, बेस्ट बलर अफ द टुर्नामेन्ट १०० पाउण्ड, ब्याटर अफ द टुर्नामेन्ट १००, प्लेअर अफ द फाइनल १२५, प्लेअर अफ द सिरिज १७५ पाउण्ड पुरस्कार छ।  


प्रतियोगितामा प्रति टिम आठ खेलाडी, पिंक बल र इंग्ल्याण्ड क्रिकेट बोर्डमा दर्ता भएका एम्पायरहरुको व्यवस्था गरिएको टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडाले बताए । 

मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले त्यस दिन क्रिकेट मात्र नभएर डिजे, बाउन्सी क्यासल, स्ट्रिट फुड र कमर्सियल स्टलको व्यवस्था गरिएको जनाए ।  

पत्रकार सम्मेलनमा टिम क्याप्टेनहरुलाई जर्सी वितरण गर्दै ट्रफी प्रदर्शन गरिएको थियो । सो अवसरमा खेलाडी, दर्शकले आयोजकसँग विभिन्न जिज्ञासा राखेका थिए । 


प्रतियोगितालाई गोर्खाज कन्सट्रक्सन, सोलिसिटर रोजन भन्डारी, एफिनिटी एसोसिएट्स, खुकुरी बियर, माया सपोर्टेड लिभिङ, एचटिआर रिक्रुटमेन्ट, अक्सब्रीज मःम, वर्ल्ड रेमिट, गोर्खा मःम, हिरेन पटेल सोलिसिटर, केटिएम स्टोर, च्यानल लन्डन, सुभु कन्स्ट्रक्सन लिमिटेड, लन्डन टाइगर, राजन अधिकारी फोटोग्राफी, क्यापिटल किड्स क्रिकेट, मिडलसेक्स क्रिकेट, युनी ल्याडर कन्सलटेन्सी, चुलो इन-ची, रेड प्यारोट एकाउन्टिङ, गोर्खा क्लिनिङ सर्भिस, रुबी एमएस रेस्टुरेन्ट, द कोनोइसियुर रेस्टुरेन्ट, योर ड्राइभिङ स्कूल, आर के अटोज, क्याटलिस्ट आइटी सोलुसन, गोर्खा कम्युनिटी आउटरिच लगायतले प्रायोजन गरेका छन्।

तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू