शनिबार, साउन १२, २०८१
02:49 | ०७:३४

बेलायतमा कार्यरत नेपाली डाक्टरले चुने नयाँ नेतृत्व, अध्यक्षमा डा सञ्जीव नेपाली

नेपाली लिङ्क अगस्ट २, २०२३

लन्डन- बेलायतमा कार्यरत नेपाली डाक्टरहरुको संस्थामा नयाँ नेतृत्व चुनिएको छ।  

गतसाता नर्वीचमा सम्पन्न नेप्लिज् डक्टर्स एशोसिएसन यूकेको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।  

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा डा सञ्जीव नेपाली चुनिएका छन्। त्यस्तै, उपाध्यक्षमा डा पारस सिंह, महासचिवमा डा आरती हमाल, सहसचिवमा डा आशिष श्रेष्ठ र कोषाध्यक्षमा डा प्रज्वल घिमिरेले जिम्मेवारी पाएका छन्।  


कार्यसमिति सदस्यहरुमा डा डोन्ना श्रेष्ठ, डा. शारदा गुरुङ, डा. विश्व कार्की, डा. शिव गुरुङ, डा देवोरा गुरुङ र को-अप सदस्यहरुमा डा. गोकुल भट्ट, डा अनुश्रुति बिष्ट, शेखर श्रेष्ठ, डा. शारदा लिम्बु र डा. दिलिप राई चुनिएका छन् ।

यसअघि निवर्तमान समितिका अध्यक्ष डा कमल अर्यालको अध्यक्षतामा सम्पन्न एशोसिएसनको ३८औं अधिवेशनमा संस्थाका सदस्य एवम् परिवारसमेत डेढ सयभन्दा बढीले भाग लिएका थिए ।  


तीन दिनसम्म चलेको कार्यक्रमको दोस्रो दिनमा घुँडामुनिका दुवै खुट्टाबिना सगरमाथा आरोहणको कीर्तिमान बनाएका पूर्व गोर्खा हरि बुढा मगरले प्रेरणादायी मन्तव्य दिएका थिए।

बेलायतमा कार्यरत नेपाली डाक्टरहरुको प्रतिनिधि संस्थाका रुपमा एशोसिएसन झन्डै ४ दशकअघि स्थापना भएको हो। 

बेलायतमा नेपाली डाक्टरहरुबीच समन्वय, सहकार्य र समुदायमा स्वास्थ्य सचेतना जगाउन विभिन्न कार्यक्रम गर्दै आएको संस्थाले नेपालमा डाक्टरहरुसँग ज्ञान, अनुभव बांडफांडका साथै विभिन्न परोपकारी कार्य समेत गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू