शनिबार, साउन १२, २०८१
06:31 | ११:१६

एनआरएनए इंग्ल्याण्डमा रिक्त पदाधिकारी र सदस्य नियुक्तिको तयारी

नेपाली लिङ्क अगस्ट २, २०२३

लन्डन- एनआरएनए यूके राज्य समन्वय परिषद इंग्ल्याण्डको नवनिर्वाचित कमिटीको पहिलो बैठक सम्पन्न भएको छ।  

अध्यक्ष शम्भुप्रसाद अर्यालको अध्यक्षतामा शनिबार सम्पन्न बैठकमा कार्यसमितिमा रिक्त पदाधिकारी एवम् सदस्यहरुको नियुक्तिबारे छलफल गरिएको थियो।

बैठकले सबै पदाधिकारी एवम् सदस्य यही अगस्ट महिनाभित्र मनोनित गर्ने निर्णय गरेको छ। नियुक्त हुने पदाधिकारीबाट १ सय १ पाउन्ड र सदस्यबाट ५१ पाउन्ड  शुल्क लिइने भएको छ।  

परिषदले इंग्ल्याण्डभित्रका सबै नेपाली संस्था एवम् समुदायसँग सहकार्य र समन्वय बढाउने गरी कार्ययोजना ल्याउने भएको छ। 

बैठकले यही अगस्ट २० मा एनआरएनए यूकेले गर्ने धन्यवादसभा सफल पार्न परिषदबाट सहयोग गर्ने पनि निर्णय गरेको छ ।  

बैठकमा अध्यक्ष अर्यालसंगै उपाध्यक्ष देउमान इजम र सचिव अञ्जु कुँवरले भाग लिएका थिए।

गत २२ जुलाईमा सम्पन्न निर्वाचनबाट अध्यक्ष निर्वाचित भएको परिषदमा उपाध्यक्ष र सचिव निर्विरोध भएका थिए। १३ सदस्यीय कार्यासमितिका बाँकी सबै पद रिक्त रहेकोमा छिट्टै नियुक्त गरिने भएको हो।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू