सोमबार, वैशाख १७, २०८१
13:49 | १८:३४

छोटो समयमै चर्चा धेरै, ‘उजेली जुनेली’ मा चेलीको वैदेशिक पीडा

नेपाली लिङ्क जुलाइ २५, २०२३

काठमाडौं । ‘स्टेज क्विन’ उपनामले चिनिने लोकप्रिय गायिका भूमिका गिरी यतिखेर फेरि चर्चामा छिन् आफ्नो तीज गीतमार्फत ।

मोडलिङ र गायनमा अब्बल भूमिकाको नयां मौलिक तीज गीत ‘उजेली जुनेली’ रिलिज भएको छोटो समयमै चर्चा बटुल्न सफल भएको छ ।

गत आइतबार मात्र सार्वजनिक भएको उक्त गीत यतिबेला पब्लिक डोमेन युट्युव, टिकटक, फेसबुक, इन्ट्राग्राम जस्ता प्लेटफर्महरुमा सर्वाधिक रुचाइएको छ ।

गायिका भूमिकाले वैदेशिक रोजगारीबाट फर्किएकी चेलीले विदेशमा भोगेका कथाव्यथालाई ‘उजेली जुनेली’ मार्फत उजागर गरेकी छन् । वैदेशिक कथा भएकाले पनि यस गीत गैर आवासीय नेपालीमाझ समेत रोजाइमा परेको छ ।

‘सार्वजनिक भएको केही दिनमा नै मेरो तीज गीतले सामाजिक सञ्जालहरुमा लाखौँ भ्यूज बटुलेकाले निकै उत्साहित छु’, गायिका भूमिकाले भनिन्,’ दर्शकहरुको सकारात्मक प्रतिक्रिया आएको छ । आशा छ सबैले यसलाई मन पराइदिनु हुनेछ ।’

भूमिकाले यसअघि सार्वजनिक गरेका दर्जनौं गीत र भिडियो प्राय सबै चर्चित बन्दै आएका छन् ।

स्वदेश र विदेशका सांगीतिक कार्यक्रममा उनको डिमाण्ड अत्यधिक हुने गरेको छ ।

‘उजेली जुनेली’ गीतमा चर्चित गायिका 
भूमिकासंगै सुनिता बुढा क्षेत्रीले पनि स्वर दिएकी छिन् । गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लय संगीत छ ।

वैदेशिक रोजगारीका लागि जान वाध्य नेपाली युवा पुस्ताको वास्तविक चित्रण भएको गीतको म्यूजिक भिडियो स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन र सम्पादन एवं कलर नवीन घर्ती मगरले गरेका छन् । राजेश घिमिरेले छायांकन गरेको उक्त भिडियोमा भूमिका गिरी, पूजन घिमिरे र दीप सागरको अभिनय छ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू