मंगलबार, जेठ ८, २०८१
02:50 | ०७:३५

जनसम्पर्क समिति साउथ इष्ट लन्डन क्षेत्रीय समितिमा नयां नेतृत्व

नेपाली लिङ्क जुलाइ २५, २०२३

लन्डन । नेपाली जनसम्पर्क समिति साउथ इष्ट लन्डन क्षेत्रीय समितिमा नयां नेतृत्व चयन भएको छ ।

२३ जुलाई २०२३ आइतबार प्लमस्टिडस्थित क्याप्रीकर्न क्लवमा सम्पन्न तेश्रो अधिवेशन तथा ४१ औं वीपी स्मृति दिवस भेलाले राजेन्द्र खरेलको सभापतित्वमा नयां कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपसभापतिमा लिलादेवी गुरुङ र शम्भु गौतम, महामन्त्रीमा मोहनलाल घिमिरे, सहमहामन्त्रीमा बासुदेव सापकोटा र सदस्यहरुमा सुरज ज्ञवाली, आकाश शाह, रवि पटेल र सुरज बन्जाडे चुनिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय नेता पूर्वमन्त्री एवं पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरे, निर्वाचन समितिका प्रमुख संयोजक डा. सम्पूर्णानन्द ढुंगाना, नेपाली जनसम्पर्क समिति बेलायतका कार्यकारी सभापति महेशकुमार दाहाल, केन्द्रिय विभाग सदस्य आरके त्रिपाठी, नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री कुश बस्नेत, साउथ इष्ट क्षेत्रीय समितिका संयोजक सुरज केसी, जनसम्पर्क समिति बेलायत उपाध्यक्ष नवराज कार्की र राज सिटौला, जनसम्पर्क समिति भारतका संस्थापक हरिकुमार मल्ल लगायत नेताहरुको आतिथ्यमा भेला भएको थियो ।

अहिले बेलायतका विभिन्न क्षेत्रमा जनसम्पर्क समितिको क्षेत्रीय समिति गठन गरी संगठन विस्तार गर्ने काम जारी छ ।

अधिवेशनको पहिलो सत्रमा समितिका उपाध्यक्ष नवराज कार्कीले स्वागत मन्तव्य दिएका थिए ।

सुरज केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी घिमिरे, जनसम्पर्क समिति बेलायतका कार्यकारी सभापति महेशकुमार दाहाल, प्रमुख निर्वाचन आयुक्त डा. सम्पूर्णानन्द ढुंगाना, नागरिक समाज बेलायतका महासचिव आर के त्रिपाठी, राजेन्द्र खरेल, हरिकुमार मल्ल, लिलादेवी गुरुङलगायतले शुभकामना दिएका थिए ।

उक्त कार्यक्रम सञ्चालन सुरज ज्ञवालीले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू