आइतबार, जेठ ६, २०८१
15:45 | २०:३०

बुद्ध नेपालमा जन्मिएको सन्देश दिंदै हिंडेका गायक धिरज राई यूके गुम्बामा

नेपाली लिङ्क जुलाइ २४, २०२३

गायक धिरज राई यूके गुम्बामा

लण्डन । बुद्ध नेपालमा जन्मिएको सन्देश दिंदै विश्व यात्रामा हिंडेका गायक धिरज राई बीसीसी गुम्बामा पुगेका छन् ।

बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले ‘बुद्ध वज वर्न इन नेपाल’ का अभियन्ता एवं लोकप्रिय गायक धिरज राईलाई गुम्बामा स्वागत तथा सम्मान गरेको छ । 

गत २१ जुलाई शुक्रबार अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी एवं सदस्य, आमाहरु र भक्तजनले खदा लगाई उनको स्वागत गरिएको थियो । 

उक्त कार्यक्रममा गायक राईले बुद्ध नेपालमा जन्मेका हुन्, तर कतिपय देशको पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएको कुरा फेला परेपछि आफूले बुद्ध भारतमा होइन नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि थुप्रै देशमा पुगेको बताए । 

उनले आफ्नो अभियान पश्चात १२ वटा देशको पाठ्यपुस्तकमा संशोधन गर्न सफल भएको बताउँदै अभियानमा साथदिने सबैप्रति धन्यवाद दिए । 


छोटो समयका लागि बेलायत आएका गायक राईले बीसीसी यूकेले गरेको विभिन्न कार्यहरुको प्रशंसा गर्दै आफूलाई स्वागत तथा सम्मान गरेकोमा धन्यवाद दिए । 

उक्त कार्यक्रममा बीसीसी यूकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बीइएम, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङलगायत बीसीसी यूके कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो ।

बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रम महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू