शनिबार, साउन १२, २०८१
03:12 | ०७:५७

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ कार्यसमितिले लियो शपथ

पूर्ण गुरुङ जुलाइ २३, २०२३

लन्डन । गैरआवासीय नेपाली संघ यूके अध्यक्षमा निर्वाचित हित काजी गुरुङको कार्यसमितिले शपथ ग्रहण गरेको छ ।

आइतबार हयारो बरो फुटबल क्लवमा आयोजित एक कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले शपथ गराएको हो ।

हितकाजीसहितको टिमलाई एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, उपमहासचिव रामशरण सिम्खडा, युरोप संयोजक दयानिधि सापकोटालगायतले बधाई दिंदै प्रमाणपत्र प्रदान गरे ।

हित काजी गुरुङ गत २२ जुलाई शनिबार सम्पन्न निर्वाचनबाट ११ औं कार्यसमिति अध्यक्ष निर्वाचित भएका थिए ।

तमूधिं यूकेका निवर्तमान अध्यक्ष समेत रहेका नवनिर्वाचित अध्यक्ष गुरुङ बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुमा आवद्ध हुंदै आएका सामाजिक अभियन्ता हुन् । यस अघि एनआरएनए यूकेको कार्यसमितिका सदस्यको भूमिकामा रहेका गुरुङ आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्षका दुई प्रत्यासी डा. नारायण कंडेल र दिनेश घिमिरेसंग प्रतिष्पर्धामा उत्रिएका गुरुङले १४७९ मत प्राप्त गरि विजय भएका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेश परियार, रबिन्द्र कंडेल, इन्दिरा खंनिया सपना (महिला), लिलाराम निउरे (नर्दन आयरल्याण्ड), कृष्णप्रसाद भण्डारी (वेल्स), मनिष खत्री (स्कटल्याण्ड) र महासचिवमा गोविन्द शर्मा खरेल निर्वाचित भएका छन् ।

त्यसैगरि सचिवमा तिलक भट्टराई र सरोज थापा, महिला सचिवमा प्रतिभा न्यौपाने, कोषाध्यक्षमा विष्णु खरेल, सहकोषाध्यक्षमा हेम गुरुङ, युवा कोर्डिनेटरमा सुदीप शाही, महिला संयोजकमा रोजिना गुरुङ चयन भएकी छन् । साथै, सदस्यहरुमा नारायण गिरी, बिनिता बस्नेत, मानबहादुर राई, सन्दीप पुडासैनी, राम थापा, मिलन केसी, गंगाबहादुर क्षेत्री, काशीराज बोहरा र मोहनलाल ओली निर्वाचित भएका छन् ।

त्यस्तै, नर्दन आयरल्याण्ड राज्य समवन्य समितिको अध्यक्षमा बल बहादुर थापा, वेल्स् राज्य परिषद अध्यक्षमा विभुषण श्रेष्ठ, स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा दिवाकर पाण्डे र इंग्ल्याण्ड अध्यक्षमा शम्भुप्रसाद अर्याल चयन भएका छन् ।

साथै, एनआरएनए आइसीसी सदस्यहरुमा लेप्टन चन्द्र बहादुर गुरुङ, दिलरास गुरुङ, सुनिलबाबु खड्का र विष्णु चालिसे निर्वाचित भए ।

शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा एनआरएनए केन्द्रिय अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, आइसीसी उपमहासचिव रामशरण सिंखडा, युरोप उपसंयोजक दयानिधि सापकोटा, एनआरएनए यूकेका निवर्तमान अध्यक्ष सुनिलबाबु खड्का, अध्यक्षका पराजित उम्मेदवारहरु डा. नारायण कंडेल र दिनेश घिमिरे, प्रवासी नेपाली संघ यूकेका अध्यक्ष तुङ्गाभद्र भुषाल, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङ, आइसीसी सदस्य राजेन्द्र पुडासैनी लगायतले सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको सफल कार्यकालको कामना गर्दै वधाई दिएका थिए ।

उक्त घोषणासभामा नवनिर्वाचित अध्यक्ष गुरुङले निर्वाचन समिति, मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद दिंदै एनआरएनए यूकेलाई अझ प्रभावकारी र एकवद्ध बनाइ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

निर्वाचन समितिका संयोजक चिरन्जिवी ढकालको संयोजकत्वमा आयोजित उक्त घोषणासभामा निर्वाचन समितिका सदस्य हरि गुरुङले स्वागत मन्तब्य दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू