शनिबार, साउन १२, २०८१
12:14 | १६:५९

एनआरएनए यूके नेतृत्व चुन्न अनलाइन मतदान जारी

नेपाली लिङ्क जुलाइ २२, २०२३

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी दुई वर्षे नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ ।

शनिबार बिहान ६ बजे शुरु भएको अनलाइन मतदान राती मध्यरातसम्म खुला रहनेछ। निर्वाचनमा एनआरएनए यूकेका जम्मा ४ हजार १ सय ८३ सदस्य मतदाता छन् ।

एनआरएनए यूकेमा पहिलोपटक फेस भेरिफिकेसन विधिद्धारा मतदान गराइएको हो ।

सन् २०२३-२५ को कार्यकालका लागि कार्यसमितिका अधिकांश पद निर्विरोध भएपनि अध्यक्ष, दुई उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक र चार आइसीसी सदस्य पदमा भने निर्वाचन हुन लागेको छ । त्यस्तै, इंग्ल्यान्ड र स्कटल्याण्डमा राज्य समन्वय परिषदको अध्यक्ष पदमा पनि मतदान भइरहेको छ ।

एनआरएनए यूकेको अध्यक्षमा दिनेश घिमिरे, डा. नारायण कंडेल र हित काजी गुरुङबीच प्रतिस्पर्धा छ ।

निर्वाचन आयुक्त हरि गुरुङका अनुसार अनलाइन मतदान गराउने कम्पनी भेरोले मतदान सकिएको दुईदेखि तीन घण्टासम्ममा नतिजा उपलब्ध गराउने बताएको छ ।

आइतबार लन्डन ह्यारोमा नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम राखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू