शनिबार, साउन १२, २०८१
06:12 | १०:५७

४० वर्षअघि हराएको मूर्ति बेलायतबाट नेपाल फर्काइयो

नेपाली लिङ्क जुलाइ २१, २०२३

लन्डन। करिब ४० वर्षअघि नेपालबाट हराएको एक सांस्कृतिक कलाकृति नेपाल फर्काइएको छ।  

एघारौं शताब्दीमा निर्मित खरानी रङको चून ढुङ्गाको सूर्य मूर्ति लन्डनस्थित नेपाली दूतावासले बिहीबार नेपाल पठाएको हो ।

बेलायतकै एक मूर्ति संग्रहकर्ताले उक्त मूर्ति दूतावासलाई हस्तान्तरण गरेका थिए।

कलाकार लैन सिंह बाङ्देलको पुस्तक ‘स्टोलन इमेजेज् अफ नेपाल’ मा सूचीबद्ध यो मूर्ति सन् १९८५ मा पाटनबाट हराएको ठानिएको छ। 

मूर्ति ७९ सेमी अग्लो, ४९ सेन्टिमिटर लामो र १५ सेमी चौडा छ भने यसको तौल ४१ केजी छ।  

फिर्ता गरिएको मूर्ति पुरातत्व विभागमार्फत् पुरानै स्थानमा पुनर्स्थापना गरिने दूतावासले जनाएको छ।

मूर्ति फिर्ताले हराएका साँस्कृतिक सम्पदाहरुको पुनर्स्थापना गर्ने नेपालको प्रयासमा सकारात्मक योगदान पुर्‍याएको दूतावासको विश्वास छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू