शनिबार, साउन १२, २०८१
05:37 | १०:२२

एनआरएनए बेल्जियममा अध्यक्षसहित पूरै कार्यसमितिमा उल्लेख्य महिला

केजिन राई जुलाइ १८, २०२३

ब्रसेल्स- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको नवौं राष्ट्रिय अधिवेशनले सीता सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षबाहेक सबै पद निर्विरोध भएको कार्यसमितिमा महत्वपूर्ण पदहरूसहित १६ स्थानमा महिला निर्वाचित भएका छन् । न्यूज २४ नेपालकी पत्रकार इन्दिरा चाम्लिङ राई उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

बेल्जियमका ६ क्षेत्रमा एकैपटक भएको मतदानमा सापकोटाले १ हजार ११२ मत ल्याएर अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्धन्द्धी तीर्थराज धमलाले ९४८ मत प्राप्त गरेका थिए ।

प्रमुख निर्वाचन आयुक्त गंगाधर गौतम, सह-आयुक्त प्रेम गुरुङ र सदस्य सचिव विनोद न्यौपाने रहेको निर्वाचन समितिका अनुसार परिषद्को नयाँ कार्यसमितिको उपाध्यक्षमा लोकेन्द्र नेपाल (पुष्प), काशी दनैं, आदिबासी जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई, महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रिवु श्रेष्ठ (बस्नेत), महासचिवमा रुविना शर्मा, उपमहासचिवमा राजेन्द्रबहादुर कार्की, सचिवत्रयमा रमेश दाहाल, संजयदेव श्रेष्ठ, इश्वरा शर्मा, महिला सचिवमा जमुना शर्मा आचार्य, कोषाध्यक्षमा अजित तुलाचन र सहकोषाध्यक्षमा राजु श्रीवास्तव निर्विाचित भएका छन् ।

महिला संयोजकमा शारदा धिताल, महिला उपसंयोजकमा सरु श्रेष्ठ गुरुङ, युवा संयोजकमा सुदीप चौधरी, एन्तवेरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजकमा सुरज खरेल, गेन्ट सयोजक गंगा गुरुङ, ब्रुज संयोजक देवी कुमारी शर्मा, निर्विरोध निर्वाचित भए।

त्यस्तै, सदस्यहरुमा अशोका केसी, सिता दाहाल, सूर्यप्रसाद सापकोटा, रोशन गौतम, दिपिका केसी, बिनोद शाही, निता सुब्बा, रश्मी निरौला, जानु नेपाल, बिक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन्।

आइसीसी सदस्यमा भिम सुवेदी, मदन दवाडी र हरि भट्टराई निर्विरोध चयन भए।  

नवनिर्वाचित समितिलाई बेनेलक्स र यूरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारी, निवर्तमान अध्यक्ष खडकबहादुर केसी र निर्वाचन समिति सयोजक गंगाधर गौतमले प्रमाणपत्र वितरण गरेका थिए ।

व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासले कार्यक्रम सञ्चालन गरेका थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू