शनिबार, साउन १२, २०८१
03:09 | ०७:५४

लन्डनमा जीवनका ५ दशक, अन्त्येष्टि आर्यघाटमा हिन्दू धार्मिक परम्परा अनुसार

नेपाली लिङ्क जुलाइ १६, २०२३

लन्डन । बेलायतस्थित नेपाली रेष्टुरेन्टको इतिहासमा ‘गोर्खा’ नामाकरण गरेर गोर्खा करी चिनाउने सम्भवतः पहिलो रेष्टुरेन्ट व्यवसायी देवेन्द्र श्रेष्ठको देहवसान भएको छ । जीवनयापनको क्रममा आजभन्दा करिब ४८ वर्ष अघि बेलायत आइ उतै घरजम एवं व्यवसाय गरेर बस्दै आएका उनको अन्त्येष्टि १५ जुलाई आफू जन्मिएकै दिनमा आर्यघाट पशुपतिमा हिन्दू धार्मिक रीति अनुसार अत्यन्तै सम्मानपूर्वक अन्त्येष्टि भएको छ ।

स्वर्गीय श्रेष्ठ बेलायत रहेपनि नेपाल, नेपाली धर्म एवं संस्कृतिप्रति हुरुक्कै हुने गर्दथे ।

गत २३ जुन २०२३ का दिन लन्डनमा स्वर्गारोहण भएका मानन्धरको अन्तिम इच्छा देवभूमि नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि होस् भन्ने इच्छालाई सम्मान गर्दै उनका अत्यन्तै निकट एवं आध्यात्मिक व्यक्तित्व लन्डनस्थित सफल व्यवसायी रविन्द्रजंग लामिछानेले पार्थिव शरीर नेपालसम्म लैजान र अन्त्येष्टि गर्न व्यवस्था मिलाएका थिए ।

बेलायतमै जन्मिइ हुर्किएका सन्ततिहरुले हिन्दू परम्परा अनुरुप दाहसंस्कार गर्दा सहभागी भावुक पनि बने ।

करिब ४३ वर्षको अन्तरालमा नेपाल फर्किएका स्वर्गीय मानन्धरका धर्मपत्नी एवं सन्ततिहरुलाई नेपाली धर्म एवं संस्कारसंग परिचित हुने मौका त भयो नै, नेपालमा रहेका आफन्तजनहरुसंग दुःखद घडीमा महत्वपूर्ण भेटघाट पनि भएको छ ।

स्वर्गीय मानन्धरको पार्थिव शरीर नेपाल पठाउनु अघि बेलायतमा रहेका आफन्त एवं इष्टमित्रहरुका लागि अन्तिम दर्शन एवं श्रद्धान्जली दिन १२ जुलाईमा लन्डनमा एक कार्यक्रम राखिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू