शनिबार, साउन १२, २०८१
02:09 | ०६:५४

डीबीसी यूकेको गुम्बा सहयोगार्थ लन्डनमा सम्पन्न च्यारिटीमा ३५ हजार पाउन्ड संकलन

नेपाली लिङ्क जुलाइ १४, २०२३

गुम्बाको सहयोगार्थ जुन ११ मा सम्पन्न च्यारिटी कार्यक्रम

लन्डन-डायमण्ड बुद्धिष्ट सेन्टर (डीबीसी) यूकेले गत महिना लन्डनमा गरेको च्यारिटी कार्यक्रममा ३५ हजार पाउन्ड बढी रकम संकलन भएको छ।

सेन्टरद्वारा साउथ इष्ट लन्डनको वुल्लीचमा स्थापित गुम्बाको सहयोगार्थ जुन ११ मा सम्पन्न कार्यक्रमबाट ३५ हजार ६ सय ७५ पाउन्ड संकलन भएको हो ।  

संकलित् रकममध्ये खर्च कटाएर जम्मा २५ हजार १ सय ७९ पाउन्ड बचत भएको अध्यक्ष योगेश गुरुङले जानकारी दिए।  

उक्त रकम गुम्बा स्थापनाका लागि संस्थाका सदस्यहरुबाट लिइएको ऋण चुक्ता गर्नमा खर्च गरिने योजना छ।  

गत आइतबार सम्पन्न कार्यक्रमको समिक्षा बैठकमा च्यारिटी  कार्यक्रमबाट संकलित कोष तथा खर्चहरुको पूर्ण विवरण पारित गरिएको थियो ।  

बैठकले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित सम्पूर्ण सहयोगदाता समाजसेवी, संघसंस्था, अतिथिहरु, गुम्बाका मूलगुरु तथा अन्य गुरुहरु, कलाकार, मिडिया, सिंगो समुदाय र संस्थामा आबद्ध सबै सदस्यप्रति आभार प्रकट गरेको छ।

त्यस्तै प्राप्त सुझाव-सल्लाह आत्मसात गर्दै आगामी दिनमा कार्यक्रमहरु थप व्यवस्थित पार्दै जाने प्रतिवद्धतासमेत् गरिएको अध्यक्ष गुरुङले जनाएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू