शनिबार, साउन १२, २०८१
06:00 | १०:४५

भिसा नलिइ नेपाल गएका तीन ब्रिटिश नेपाली प्रहरी नियन्त्रणमा

नेपाली लिङ्क जुलाइ १२, २०२३

लण्डन- भिसा नलिइ नेपाल गएका नेपालीमूलका तीनजना बेलायती नेपालमा समातिएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले आज लण्डन फर्किन लागेका उनीहरुको राहदानी जाँच गर्दा भिसा नलगाई नेपाल छिरेको पत्ता लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बेलायत र नेपाल दुवै मुलुकको राहदानी बोकेका नेपाली मूलका तीन बेलायती कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै लण्डन फर्किंदै थिए ।

तर, काठमाडौँ छिर्दा नेपाली राहदानी देखाएका उनीहरुले बेलायत फिर्ता हुनेबेला यहींको पासपोर्ट प्रस्तुत गरेपछि यथार्थ बाहिर आएको हो ।

उनीहरुले बेलायती राहदानीमा नेपाल प्रवेशका लागि भिसा लिएको नदेखिएको अध्यागमन इकाई कार्यालय गौचरले जनाएको छ । 

बिना भिसा नेपाल प्रवेश गर्नु गैरकानुनी कार्य भएकाले अध्यागमनको टोलीले आवश्यक कारबाहीका लागि कालिकास्थानस्थित विभागमा बुझाउने गरि साँझ साढे ६ बजे विमानस्थल सुरक्षा गार्डलाई जिम्मा लगाएको छ । 

पक्राउ परेकामा नेपाली राहदानी नम्बर ०८०६५५६२ की मैना गुरुङ, ०८७३२१९७ राहदानी भएका सन्दिप गुरुङ र ०८०६५५०३ राहदानी नम्बरका सिमरन गुरुङ छन् । उनीहरुको बेलायती पासपोर्ट क्रमशः १३१६७१३१३, १३८९४७९४६ र ५५४६१५२४४ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू