शनिबार, साउन १२, २०८१
06:22 | ११:०७

लन्डन आइपुगे पत्रकार महासंघका महासचिव रोशन पुरी

नेपाली लिङ्क जुलाइ ८, २०२३


लण्डन– नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी नाइटमा सहभागी हुन महासंघका केन्द्रीय महासचिव रोशन पुरी लन्डन आइपुगेका छन् ।

पुरी शनिबार राती हिथ्रो विमानस्थलमा उत्रिंदा शाखा अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, युवा अभियन्ता वीरेन्द्र खडका लगायतले स्वागत गरे ।


शाखाले आइतबार साँझ अल्डरसटस्थित एम्पायर हलमा १२ औँ वार्षिकोत्सव र च्यारिटी डिनर गर्दैछ । च्यारिटीबाट संकलित रकम बेलायत तथा नेपालका पत्रकारहरुको व्यवसायिक सीप अभिवृद्धिका लागि खर्च गरिने शाखाले जनाएको छ ।


बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहने उक्त कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अभियन्ता र नेपाली संघसंस्थाका अग्रजहरुको उपस्थिति रहनेछ भने गायक धिरज राई, सपनकुमार राई, सितु खरेल लगायत कलाकारहरुले मनोरञ्जन दिलाउनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू