आइतबार, जेठ ६, २०८१
01:18 | ०६:०३

पासा पुचः गुथि यूकेमा नयाँ कार्यसमिति, अध्यक्ष बने सुशील प्रजापति

नेपाली लिङ्क जुन १२, २०२३

लन्डन- पासा पुचः गुथि यूकेमा नयाँ नेतृत्व चयन भएको छ।शनिबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्याप्रिकनमा सम्पन्न संस्थाको अधिवेशनले सुशील प्रजापतिको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

अध्यक्ष निर्वाचित प्रजापतिले यसअघि संस्थामा उपाध्यक्ष, महासचिवलगायत महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका थिए । उनले दुई कार्यकाल पासा पुचः साउथ इष्ट लण्डनको अध्यक्षका रुपमा नेतृत्व पनि सम्हालेका थिए।

आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रुक्मणि मानन्धर, दिव्य महर्जन र विजयमान डंगोल, महासचिवमा नगेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा रजनी श्रेष्ठ, सहसचिवमा प्रजेश श्रेष्ठ, लिसा दली श्रेष्ठ र सहकोषाध्यक्षमा श्याम श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा सबिता मानन्धर, मधुसुदन कायस्थ, सचेतन तुलाधर, यादव श्रेष्ठ, रमेश श्रेष्ठ, माधवलाल श्रेष्ठ, सोनी श्रेष्ठ, सुरोज मास्के, केशव श्रेष्ठ, चरण प्रधान र सकिला मानन्धर चुनिएका छन् ।

बालमुकुन्द जोशीको संयोजकत्वमा ओजेश सिंह सचिव तथा अमृत स्थापित, सचेतन तुलाधर, शिवजी श्रेष्ठ र मदनमान श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया सञ्चालन गरेको थियो ।

यसअघि निवर्तमान अध्यक्ष ओजेश सिंहको अध्यक्षतामा समपन्न अधिवेशनमा उपाध्यक्ष सुशील प्रजापतिले विगत दुई वर्षका उपलब्धि तथा कोषाध्यक्ष रजनी श्रेष्ठले आर्थिक हिसाबकिताब प्रस्तुत गरेका थिए ।

त्यस्तै, अल्डरसट शाखाबाट प्रजेश श्रेष्ठ, लण्डनबाट ओजेश सिंह, रेडिङबाट दिव्य महर्जन र साउथ इष्ट लन्डनबाट नगेन्द्र श्रेष्ठले शाखाहरुको प्रगति विवरण पेश गरेका थिए ।

सो अवसरमा गुथिका संस्थापक सदस्यहरु अमृत स्थापित, महन्त श्रेष्ठ, शशी मानन्धर, बालमुकुन्द जोशी, उत्तम अमात्य, अर्जुन प्रधान र धर्म शाक्य, संस्थामा लामो समयसम्म योगदान गर्ने सदस्यहरु कुमार श्रेष्ठ, मनिष श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, जानकी कायस्थ, कपिल श्रेष्ठ, राजन मल्ल र केशव श्रेष्ठ एवम् सल्लाहकारहरु सचेतन तुलाधर, यादव श्रेष्ठ, शिवजी श्रेष्ठ, कपिल श्रेष्ठ र राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै, संस्थामा अन्य कार्यमा योगदान गर्नेरुमध्ये रथ निर्माणमा सोहन सुवाल, विष्णुप्रसाद प्रजापति र सञ्जिव श्रेष्ठ, धिमे कक्षामा सुरज मकाजु र कृष्ण वैद्य, नेपाल लिपी कक्षामा सुनिता डंगोल, आनन्दकुमार महर्जन र सुवर्ण बज्राचार्य, नेपाल भाषा कक्षामा मेरिलिना फ्रिसोन, आइटी सहयोगमा नीर महर्जन, वेबसाइट निर्माणमा समेन महर्जन, एक्टिभ रनमा इश्वर महर्जन, स्वयमसेवामा महेन्द्र शाक्य, इहि तथा केटापूजामा सुशिला मल्ल, बिना श्रेष्ठ र परशुराम बदगामी, निरन्तर सहयोगमा मदनमान श्रेष्ठ लगायत पनि सम्मानित भएका थिए । सोहि अवसरमा नेपालबाट आएकी चर्चित गायिका सहिमा श्रेष्ठलाई पनि गुथिले विशेष सम्मान गरेको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई संस्थापक सदस्यहरु अमृत स्थापित र बालमुकुन्द जोशी, सल्लाहकारहरु शिवजी श्रेष्ठ, मनिष श्रेष्ठ, सचेतन तुलाधर, निवर्तमान अध्यक्ष ओजेश सिंहलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

नयाँ कार्यसमितिको तर्फबाट अध्यक्ष शुशिल प्रजापतिले आभार व्यक्त गर्दै बेलायतमा नेवारी संस्कृति, भाषा, कला संरक्षण र प्रवर्धनको लागि अठोट व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू