आइतबार, जेठ ६, २०८१
03:58 | ०८:४३

कोभिड नियम पालनाबारे अनुसन्धानकै बीच बोरिस जोन्सनले गरे सांसद पदबाट राजीनामा

नेपाली लिङ्क जुन १०, २०२३

लन्डन। प्रधानमन्त्री रहेका बेला कोभिड नियम पालना नगरेको आरोपमा संसदीय अनुसन्धान भइरहेका बेला बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । 

उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

बोरिसको राजीनामापछि उनको निर्वाचन क्षेत्रअक्सब्रिज एन्ड साउथ रायस्लिप’  मा अब उपनिर्वाचन हुनेछ ।

संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा जोन्सनमाथि छानबिन गरिरहेको छ ।

राजीनामा वक्तव्यमा जोन्सनले आफूमाथि अनुसन्धान गरिरहेका संसदीय समितिको कडा आलोचना गरेका छन्।

सन् २०२२ मा प्रधानमन्त्रीको पद त्यागेपछि उनी सांसदको जिम्मेवारीमा रहंदै आएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू