शुक्रबार, चैत १६, २०८०
10:24 | १६:०९

दूतावासका सैनिक सहचारी गोदारको पदोन्नति

नेपाली लिङ्क मे २१, २०२३

लन्डन । लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी महासेनानी (कर्णेल) रत्नबहादुर गोदारको पदोन्नति भएको छ ।

गोदार सहायक रथीमा पदोन्नति भएको उपलक्ष्यमा नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ र क्याप्टेन आर एस श्रेष्ठले शनिबार एक वधाइ समारोह आयोजना गरे ।

कार्यक्रममा बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माले ब्रिगेडियर जनरल गोदार र श्रीमति विनुलाई वधाइसहित सफल कार्यकालको शुभकामना दिए ।

सो अवसरमा लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल, इलिङ काउन्सिलका पूर्व मेयर रन्जित धीर र हर्वजन कौर, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, बीबीसी नेपाली तथा कान्तिपुर टिभीका पूर्व प्रस्तोता सुमन खरेल, गायिका सितु खरेल, व्यवसायी महन्त श्रेष्ठ, सोलिसिटर राजु थापा, नेपाली साहित्य विकास परिषद यूकेका अध्यक्ष कोमल मल्ल श्रेष्ठ लगायतले सहायक रथी गोदारलाई बधाईं दिंदै सफल कार्यकालको शुभकामना दिए ।

सैनिक सहचारीका रुपमा झण्डै अढाइ वर्षअघि लन्डन दूतावास आएका सहायक रथी गोदारको कार्यकाल आउंदो जनवरीसम्म छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू