सोमबार, वैशाख १७, २०८१
13:18 | १८:०३

मिसेस नेपाल यूके २०२२ निष्मा बनको नयां म्यूजिक भिडियो चर्चामा (भिडियो)

नेपाली लिङ्क मे १०, २०२३

लन्डन । मिसेस नेपाल यूके २०२२ निष्मा बनको दोश्रो म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पुष्प खड्कासंग निष्माले अभिनय गरेको ‘तिमी नै तिमी…’ बोलको गीतमा म्यूजिक भिडियो बनेको हो ।

मौसम हिमालीले निर्देशन गरेको उक्त भिडियो ओएसआर डिजिटलबाट ८ मे सोमबार सार्वजनिक भएको हो । अहिलेसम्म उक्त भिडियोको ‘भ्यूज’ ३९ हजार हाराहारी पुगिसकेको छ ।

नगरकोटस्थित होटल मिस्टिक माउण्टेनमा छायांकन गरिएको उक्त भिडियो निर्माण अम्बिका अधिकारीले गरेकी हुन् । अम्बिकाको लन्डनमा अम्बी ब्युटी क्लिनिक छ ।

गीतमा लन्डनवासी किरण अधिकारी र गायिका एलिना चौहानको स्वर छ । शब्द र म्यूजिक कम्पोज लेखु सहयात्रीले गरेका छन् ।

निष्मा यही प्रोजेक्टका लागि नेपाल गएर भर्खर लन्डन फर्किएकी छन् । यसअघि उनले प्रभु गुरुङको निर्देशनमा बनेको ‘बलेको आगो–२’ मा लिड रोल गरेकी थिइन् जुन उनको डेब्यू म्यूजिक भिडियो थियो । प्रेम र विछोडको कथामा केन्द्रित उक्त गीतले पनि राम्रो चर्चा बटुलेको थियो ।

राम्रो प्रोजेक्ट आएसम्म यस क्षेत्रलाई निरन्तरता दिने सोचमा छिन् निष्मा । आफ्नो नयां भिडियो हेरेर प्रतिक्रिया दिन पनि उनले आग्रह गरेकी छिन् ।

हेरौं म्यूजिक भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू