सोमबार, वैशाख १७, २०८१
17:07 | २१:५२

अन्जलीको अंगालोमा बांधिए गायक सपन

नेपाली लिङ्क अप्रिल १५, २०२३

लन्डन । आफ्नो छुट्टै गायकी पहिचान बनाएर बेलायती नेपाली समुदायमा स्थापित भएका गायक सपनकुमार राईले ‘बल गरेर हुन्न’ म्यूजिक भिडियोसहित नयां सांगीतिक कोसेली ल्याउने भएका छन् ।

हालै छायांकन सम्पन्न भएको उक्त म्यूजिक भिडियोमा सपनको आफ्नै अभिनय छ । सपनलाई ‘गलबन्दी च्यातियो…’ की चर्चित मोडल अन्जली अधिकारीले साथ दिएकी छिन् ।

सांस्कृतिक भ्रमणमा हाल बेलायत रहेकी अन्जलीलाई सपनको भिडियोमा अभिनय गर्ने अवसर मिलेको हो । रोमान्टिक ड्वेट गीत अनि बेलायतको रमणीय स्थानमा छायांकन भएको भिडियोमा अभिनय गर्न पाउँदा उनी उत्साहित देखिन्थिन् । भिडियो हेन्ली, रेडिङ, लन्डन ब्रीज र वेष्टमिनिस्टरमा गरिएको छ । गीतमा सपनकुमार राईसंगै अनु चौधरीको स्वर छ । शब्द डिपी खनाल र संगीत तारा प्रकाश लिम्बुको छ ।

सपन इन्टरटेनमेन्ट यूकेको प्रस्तुति रहेको भिडियोमा छायांकन, सम्पादन र निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् । कोरियोग्राफी खगेन्द्र जंग ठकुरीको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू