शुक्रबार, वैशाख ७, २०८१
15:55 | २०:४०

गेसोको अल्डरसटमा कुनै बैठक छैनः सभापति राई

नेपाली लिङ्क मार्च २९, २०२३

गेसो सभापति कृष्णकुमार राई

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले सामाजिक सञ्जालमा आफ्नो संस्थाको नाममा भएका प्रचारबाजीमा सत्यता नभएको प्रष्टयाएको छ ।

सभापति कृष्णकुमार राईले आज बुधबार एक विज्ञप्ति जारी गर्दै आउंदो अप्रिल २ मा गेसोको केन्द्रिय समिति बैठक हुन लागेको र सो बैठकलाई पदमबहादुर गुरुङले सम्बोधन गर्ने भन्ने हल्ला निराधर र भ्रामक रहेको जनाएका हुन् ।

आगामी २ अप्रिलका दिन एम्पायर हल अल्डरसटमा गेसोको कुनै बैठक नभएको र गेसो सभापति पदमबहादुर गुरुङ नभएर आफू कृष्णकुमार राई रहेको समेत राईले प्रष्ट पारेका छन् ।

‘पदमबहादुर गुरुङद्धारा गरिएको यस प्रकारको घृणित, भ्रामक, षडयन्त्रमूलक, घातक र धोकापूर्ण कार्य सम्पूर्ण भूतपूर्व गोर्खा सैनिक, सिंगो गोर्खा आन्दोलन एवं जारी जीटुजी वार्ताप्रतिको बेइमानी हो’, सभापति राईको विज्ञप्तिमा छ ।

राईले सो कार्यको निन्दा गर्दै कुनै पनि भ्रममा नपर्न अपिल समेत गरेका छन् ।

विज्ञप्ति:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू