शनिबार, वैशाख ८, २०८१
12:31 | १७:१६

मगर संघ यूके रेडिङ अध्यक्षमा शोव रेगामी सर्वसम्मत

नेपाली लिङ्क मार्च २५, २०२३

लन्डन । मगर संघ यूके रेडिङ शाखा अध्यक्षमा शोव रेगामी मगर सर्वसम्मत चयन भएका छन् ।

गत १९ मार्च २०२३ आइतबार भएको आठौं अधिवेशनले रेगामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

शाखाको उपाध्यक्षमा चन्द्र पुन, महासचिव तुलप्रसाद पुन, कोषाध्यक्ष चेत रेगामी, सहकोषाध्यक्षमा प्रकाश गलामी र सचिव गोविन्द अर्मजा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा तेज रानामगर, गीता पुन, तुलबहादुर थापा, खेम थापा, रोशन आले, नर पुन, नवीन थापा, रिता पुन, हिमकुमारी रोसकोटी, पुष्पकुमारी राना, सानु थापा, अनिल सुनारी मगर, महेन्द्र आले, घनश्याम पुन, हेम थापा, प्रकाश काउचा, नितु राना, बट्टुमाया थापा, रुकमणी राना, दीपा आले र गंगा सिन्जाली चयन भएका छन् ।

क्याप्टेन (रिटायर्ड) चन्द्र पुन प्रमुख निर्वाचन आयुक्त र उपप्रमुख राम गलामी, सदस्यहरु पहल थापा, तिकाजी राना र टिका दर्लामी रहेको निर्वाचन समितिले नयां कार्यसमिति घोषणा गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्ष हुनेछ ।

मगर संघ यूकेकी केन्द्रिय अध्यक्ष सीता पुन र महासचिव गुमानसिंह थापाले नयां कार्यसमितिलाई बधाइ दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू