मंगलबार, चैत ६, २०८०
06:04 | ११:४९

प्रभुको ‘बलेको आगो-२’ म्यूजिक भिडियो सार्वजनिक

नेपाली लिङ्क मार्च २०, २०२३

लन्डन । बेलायत कर्मथलो बनाइ नेपाली म्यूजिक भिडियो निर्देशनमा सक्रिय प्रभु गुरुङको नयाँ म्यूजिक भिडियो ‘बलेको आगो २’ सार्वजनिक भएको छ । गुरुङको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियो आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत आइतबार रिलिज गरिएको हो ।

प्रेम र मिलनमा आधारित यस गीतको म्यूजिक भिडियोमा रोशन बस्नेत, निश्मा बन र दुर्गा सिंहले अभिनय गरेका छन्  ।

राजकुमार सिंहको स्वर, सुनिल राईको संगीत संयोजन छ भने लक्ष्मी बर्देवाको शब्द छ 

निर्देशक गुरुङले म्यूजिक भिडियो हेरिदिएर हौसला दिन दर्शकहरुमा आग्रह गरेका छन् । उनले यसअघि बेलायतबाटै दर्जनौं नेपाली म्यूजिक भिडियो निर्देशन गरिसकेका छन्।

लन्डनस्थित नर्थहल्ट सेरोफेरोमा छायांकन गरिएको म्यूजिक भिडियो सुमन श्रेष्ठले छायांकन तथा सम्पादन गरेका छन् ।

म्यूजिक भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू