बिहीबार, चैत १५, २०८०
14:28 | २०:१३

हनोई अन्तरराष्ट्रिय म्याराथनमा १० हजार धावक सामेल हुने   

रासस- सिन्ह्वा मार्च १६, २०२३

फाइल फोटो

हनोई-भियतनामको राजधानी हनोईमा आगामी शरद ऋतुमा आयोजना हुने अन्तर्राष्ट्रिय म्याराथनमा १० हजार धावक सामेल गराइने भियतनाम समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ।

आगामी अक्टोबर ८ मा आयोजना हुने ठूला स्तरको खेलकुद कार्यक्रमले स्थानीय फिटनेस र खेलकुद उद्योगलाई प्रवर्द्धन गर्ने अवसर सृजना गर्ने खेलकुद व्यवस्थापन महाशाखाका प्रमुख डिन्ह भान लुयेनले बताएका छन्।

आयोजकहरूले आशा गरेअनुसार म्याराथन ठूलो सङ्ख्यामा सहभागीहरूको साथ वार्षिक कार्यक्रम बन्नेछ जसले हनोईको ब्रान्ड र छविको प्रचार-प्रसारमा सहयोग पुग्नेछ।

सबैभन्दा लोकप्रिय प्रतिस्पर्धात्मक खेलहरू मध्ये एकको रूपमा, म्याराथनले हनोईको आकर्षण र यसको पर्यटक सम्भावनाप्रति अन्तरराष्ट्रिय ध्यान आकर्षित गर्न मद्दत गर्न कार्यक्रम आयोजकहरूले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू