सोमबार, वैशाख २४, २०८१
14:00 | १८:४५

सर्वोच्चले अनुमति दिएसँगै सन्दीप युएई प्रस्थान

रासस मार्च १, २०२३

फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन् ।

नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाइएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । हिजो भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो ।

युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच एकदिवसीय शृङ्खला चलिरहेको छ ।

सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै सन्दीपका लागि युएईको ढोका खुलेको हो । नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई सर्वोच्च अदालतले राष्ट्रिय टिमको खेल खेल्न विदेश जान अनुमति दिएपछि उनी युएई प्रस्थान गरेका हुन् ।

युएई शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । नेपालले आफ्नो दोस्रो खेल भोलि युएईसँग खेल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू