शनिबार, जेठ ५, २०८१
06:25 | ११:१०

प्रचन्ड सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२३

काठमाडौँ । नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सचिवालयको बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए। 

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरिएको बताए ।

प्रधानमन्त्री आफैले  एमालेलाई सरकार छाड्न भन्ने, नछाडे हटाउने वा विनाविभागीय मन्त्री बनाउने जस्ता अभिव्यक्ति दिएपछि एमालेले यो सरकारमा बसिरहनु उचित नठानेको पौडेलले जनाए।  

त्यस्तै, परराष्ट्रमन्त्री विमला राई पौड्यालको विदेश भ्रमण अन्तिम समयमा रोक्ने प्रधानमन्त्रीको कदमले नकारात्मक सन्देश गएको र राष्ट्रको इज्जतमाथि प्रभाव परेको ठहर एमालेले गरेको छ।  

१० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । यसअघि नै राप्रपा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिइसकेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू