शुक्रबार, वैशाख २१, २०८१
13:08 | १७:५३

इनासले युरोपस्तरीय गायन तथा नृत्य प्रतियोगिता गर्दै

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२३

लण्डन । इनास युरोप तथा इनास जर्मनीको संयुक्त आयोजनामा युरोपस्तरीय गायन तथा नृत्य प्रतियोगिता हुने भएको छ । इनासको ग्लोबल वार्षिक कार्यक्रम अनुसार आगामी अप्रिल १४ र १५ गते जर्मनीको म्युनिक शहरमा युरोप स्तरीय पाँचौं एकल गायन तथा आठौं एकल नृत्य प्रतियोगिता हुने भएको हो ।

इनास यूकेले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रतियोगिताको बारेमा जानकारी गराएको छ । युरोपभर छरिएर रहेका नेपाली कलाकारहरुले सहभागिता जनाउन पाउने प्रतियोगितामा यूकेबाट पनि आन्तरिक प्रतिस्पर्धा गराई गायन र नृत्य विधाबाट एक एक कलाकार छनौट गरिने छ ।

यसका लागि इच्छुक कलाकारलाई नृत्य तथा गायन विधामा सहभागिताका लागि छोटो बायोडाटासहितको आवेदन संस्थाको इमेल [email protected] मा आउँदो मार्च २ तारिखभित्र पठाउन आग्रह गरिएको छ ।

प्राप्त निवेदन संस्थाको कार्यसमितिले मूल्यांकन गरि छनौटमा परेकालाई कार्यक्रमबारे विस्तृत जानकारी प्रदान गर्न सम्पर्क गरिनेछ ।

युरोप तथा विश्वभर निकै उत्साहकासाथ हेरिने उक्त कार्यक्रममा आफ्नो ‘ट्यालेण्ट’ देखाउने सुवर्ण अवसर सदुपयोग गर्न इनास यूकेले आव्हान गरेको छ।

संस्थाका अध्यक्ष बिनोद चिपालुले यो अवसरलाई बेलायतवासी कलाकारले आफूमा भएको कला देखाउन पाउने विशेष मन्चको रुपमा लिने आशा गर्दै उक्त आन्तरिक प्रतिस्पर्धाबाट छानिएका एक एक कलाकारलाई इनास यूकेको तर्फबाट जर्मनी पठाइने जानकारी गराए ।

कार्यक्रमबारे जानकारी पाउने आफूलगायत आफन्तलाई समेत जानकारी गराई कार्यक्रममा सहभागी हुन संस्थाका महासचिव सर्बेन्द्र अधिकारीले आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू