आइतबार, जेठ ६, २०८१
08:47 | १३:३२

तीन खेलाडीको अर्धशतक र सन्दीपको तीन विकेटमा नामिबियामाथि नेपाल विजयी

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२३

काठमाडौं- काठमाडौंमा जारी आइसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध शानदार जीत हासिल गरेको छ।  

नामिबियाले दिएको २ सय ७५ रनको विशाल लक्ष्य नेपालले ३ विकेट र १५ बल बाँकी छँदै पूरा गरेको हो।

नेपाललाई जिताउन आसिफ सेख, ज्ञानेन्द्र मल्ल र  कुशल मल्लले स्कोर गरेको अर्धशतकसंगै सन्दीप लामिछानेले लिएको तीन विकेटले मुख्य भूमिका खेले।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नामिबियाले २ सय ७५ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य ४७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्दै नेपालले विजय हासिल गरेको हो ।

नेपालको जीत सम्भव पार्न आसिफ र ज्ञानेन्द्रले नेपाली क्रिकेटमा हालसम्मकै उच्च १ सय ३९ रनको कीर्तिमानी साझेदारी गरे । 

पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । लगातार तेस्रो जीतसंगै नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्ने सम्भावना बचाइराखेको छ ।

नेपालले लिग २ मा २७ खेलमा ११ जीत, १४ हार र एक बराबरीसहित २४ अंक जोडेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू