बुधबार, वैशाख १२, २०८१
10:09 | १४:५४

यूके मगर संघ वीन्चेष्टर, इष्टली शाखामा नयां नेतृत्व

नेपाली लिङ्क जनवरी ३०, २०२३

लन्डन । यूके मगर संघ वीन्चेष्टर, इष्टली शाखामा नयां नेतृत्व चयन गरिएको छ । २९ जनवरी आइतबार गोर्खा म्यूजियम वीन्चेष्टरमा लिहेन्द्र थापाको अध्यक्षता बसेको वार्षिक साधारण सभाले नयां कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिमा अध्यक्ष लिहेन्द्र थापा, उपाध्यक्ष रमन सिंह थापा, सचिव इन्द्र एलजी थापामगर, सह सचिव विमला पुन, कोषाध्यक्ष होम पुन र सह कोषाध्यक्ष नगेन्द्र थापा चुनिएका छन् ।

त्यसैगरि मनोरन्जन संयोजकमा मेख राना र सह संयोजक कमला थापा पुन, खाना संयोजक याम पूर्जा र सहसंयोजक डाम वहादुर पुन चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा सविता राना, चुनश्री पुन, उषा राना, धन थापा छन् । उक्त सभाले सल्लाहकार समिति पनि गठन गरेको छ जसमा कमल वहादुर पर्जा, ओम पुन र डम्मर पुन छन् ।

साथै उक्त बैठकले समाजका कुनै सदस्यको मृत्यु भएमा समाजका प्रत्येक सदस्यले १० पाउण्डको दरले आर्थिक संकलन गरेर सहयोग गर्ने, नयां सदस्य शुल्क २० पाउण्ड र प्रत्येक वर्षको डिसेम्बर १ देखि डिसेम्बर ३१ भित्र शुल्क ५ पाउण्ड तिरेर सदस्य नवीकरण गर्नुपर्ने, नयां सदस्य र सदस्य नवीकरण गर्नका लागि वीन्चेष्टर क्षेत्र (होम), इष्टली क्षेत्र (इन्द्र) र साउथ हयाम्पटन क्षेत्र (धन) लाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

कार्यसमितिको नियमित बैठक हरेक ३ महिनामा हुने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू