शुक्रबार, वैशाख ७, २०८१
16:02 | २०:४७

२० लाख धरौटी बुझाएर थुनामुक्त भए सन्दीप

नेपाली लिङ्क जनवरी १३, २०२३

तस्विर: नेपाल प्रेस

काठमाडौं ।क्रिकेटर सन्दीप लामिछाने रिहा भएका छन् । नाबालिग किशोरी बलात्कार मुद्धामा थुनामा परेको ९९ दिनपछि उनी शुक्रबार रिहा भएका हुन्।

विहीबार उच्च अदालत पाटनबाट आदेश भएअनुसार २० लाख रुपैया धरौटी बुझाएर सन्दीप थुनामुक्त भएका छन्। 

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो। 

सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ ।  

सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले अदालतले दिएको सर्तहरुको बारेमा सन्दीपलाई जानकारी गराइसकेको  बताए ।

नाबालिग किशोरी बलात्कार गरेको आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीप बाहिर निस्कँदा उनका समर्थकहरुले उनको पक्षमा नारा लगाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू