मंगलबार, २३ जुन, २०२६
22:45 | ०३:३०

४५ हजार आप्रवासी बेलायत छिरे

रासस–एएफपी जनवरी १, २०२३

तस्बिर एएफपी

लन्डन, १७ पुस–सन् २०२२ मा ४५ हजार भन्दा बढी आप्रवासी मुख्य भूमि युरोपबाट बेलायत आइपुगेका छन् । अघिल्लो वर्षको तुलनामा यो सङख्या १७ हजारले बढी हो ।

यो मुद्दा कन्जरभेटिभ सरकारका लागि ठूलो राजनीतिक समस्या बनेको छ जसले अवैध आप्रवासन कम गर्ने र इंग्लिस च्यानल क्रस गर्ने तस्करी गिरोहहरूलाई नियन्त्रण गर्ने वाचा व्यक्त गरेको छ।

गत महिना च्यानलमा चिसो तापक्रममा आप्रवासीहरूले भरिएको एउटा सानो डुंगा पल्टिँदा चार जनाको मृत्यु भएको थियो ।

उक्त क्षेत्रमा माछा मार्ने डुंगाले ४३ जनालाई चिसो पानीबाट निकालेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू