बिहीबार, जेठ ३, २०८१
02:49 | ०७:३४

मधेस प्रदेशमा सर्लाहीका चार नयाँ र चार पुराना प्रतिनिधि   

रासस नोभेम्बर २८, २०२२

सर्लाही । सर्लाहीबाट मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाबाट मधेस प्रदेश सरकारमा फरक दल, समुदाय, उमेर र वर्गको प्रतिनिधित्व देखिने भएको छ ।

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित आठसहित मधेस प्रदेशका आठवटै जिल्लाबाट ६४ र समानुपातिक ४३ गरी जम्मा एक सय सातजना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । 

विसं २०७४ मा भएको निर्वाचनमा निर्वाचित केही प्रदेशसभा सदस्यहरू यस पटक पनि पुनः दोहोरिएका छन् भने पहिलो अनुभव लिनेको सङ्ख्या पनि उल्लेख्य छ ।

मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, प्रदेशसभा सदस्य उपेन्द्र महतो, बेची लुङ्गेली र सञ्जय यादव यस पटक प्रदेशसभामा दोहोरिनुभएको छ भने जङ्गीलाल राय, कौशल किशोर राय, फकिरा महतो र जवाहरलाल कुशवाह यस पटक नयाँ निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी नयाँ निर्वाचित भएका हुन् भने प्रदेशसभा  सदस्यमा क्षेत्र नं २ (१) बाट जङ्गीलाल र २ बाट कौशलकिशोर, क्षेत्र नं ३ को प्रदेशसभा (१)बाट जवाहरलाल कुशवाह र क्षेत्र नं ४ को प्रदेशसभा २ बाट फकिरा महतो नयाँ अनुहार हुन् ।

क्षेत्र नं १ को (१) बाट लोकतान्त्रिक समाजपवादी पार्टी (लोसपा)का उपेन्द्र, २ बाट नेकपा (एकीकृत समाजवादी) पार्टीबाट बेची, क्षेत्र नं ३ (२) बाट जनता समाजवादी पार्टी (जसपा) का सञ्जयकुमार र क्षेत्र नं ४ (१) बाट नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद प्रदेशसभामा पुनः निर्वाचित भएको  जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख निर्मल पोख्रेलले जानकारी दिए। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू