बुधबार, वैशाख १२, २०८१
22:28 | ०३:१३

लण्डन इलिङमा उपचाररत कुल आचार्यले स्वास्थ्यकर्मीलाई खुवाए निशुल्क खाना

नेपाली लिङ्क नोभेम्बर २४, २०२२


लन्डन – केहि दिन पहिले कोभिडबाट मुक्त भए लगत्तै  अचानक स्वास्थ्य सम्बन्धी समस्या देखिएपछि इलिङ अस्पतालमा भर्ना भै उपचार गराइरहेका होली काउ समूहका अध्यक्ष कुल आचार्यले सोही अस्पतालका स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाना खुवाएका छन्।

स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुलाई नेपाली समुदायको प्रशंसा र कृतज्ञताको रुपमा निशुल्क खाना खुवाएको आचार्यले बताए।

‘कोभिड महामारीका बेला पनि एनएचएस अन्तर्गत विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई होली काउ समूहले निशुल्क खाना ख्वाएको थियो । अहिले आँफै बिरामी भएर उपचाररत रहंदा स्वास्थ्यकर्मीहरुलाई खाना खुवाउने कामको सबैले प्रशंसा गरेका छन्”- इलिङ अस्पतालको क्रिटिकल केयर युनिटमा कार्यरत नर्स स्पेसलिस्ट प्रसुन कंडेलले भनिन्।  

उनले आफ्ना सहकर्मीहरुको तर्फबाट होली काउ समूहलाई धन्यवाद पनि दिइन्। 

होली काउ समूहले लन्डनका विभिन्न स्थानमा टेक अवे तथा पटनीमा ‘डाइन इन’ रेस्टुरेन्ट संचालन गरिरहेको छ।

गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष आचार्य गत शुक्रबार अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए। उनको उपचार जारी रहेको र स्वास्थ्यमा  सुधार भै रहेको अस्पताल सूत्रले जनाएको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू