शुक्रबार, चैत १६, २०८०
06:01 | ११:४६

बेलायतमा ‘राई इज किङ’ को क्रेज, कन्सर्ट हेर्न आइरिए हजार बढी दर्शक

नेपाली लिङ्क नोभेम्बर १३, २०२२

लन्डन । बेलायतको अल्डरसटस्थित एम्पायर हल भरिभराउ भइसकेको थियो । कोभिडपछि उक्त हलमा सांगीतिक कार्यक्रमले दर्शक तानेको सम्भवतः पहिलो पटक हो ।

बेलायतका विभिन्न शहरबाट ओइरिएका दर्शक ‘राई इज किङ’ को प्रतिक्षामा छन् । जब उनी सुरक्षा गार्ड र आयोजकसहित हलभित्र पसे, दर्शकहरुले उनलाई तालीको गडगडाहटले न्यानो स्वागत गरे ।

नेपालका लोकप्रिय गायक राजेशपायल राईको हकमा पनि यसपटकको शो फरक थियो किनकि उनी पहिलोपटक बेलायतमा लाइभ ब्याण्डका साथ कन्सर्ट गर्दै थिए ।

शनिबार गायक राईले करिब अढाइ घण्टा ननस्टप गाएर दर्शक नचाए । दर्शन नमस्ते, मैले मायाले दिएको मायाको चिनो, म त मर्छु कि क्या हो लगायत दर्जनौं गीत गाएर दर्शक उचाले ।

गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरूङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तवलामा महेश गुरूङ, बाँसुरीमा इन्द्र गुरूङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरूङ र रिदममा विकल थापाले सघाएका थिए ।

स्टेजमा प्रस्तुति दिइरहंदा गायक राईले प्रवासमा रहेपनि आफ्नो नेपाली कला, संस्कृति, गीत संगीत नभुल्न सुझाव दिए । आफ्ना वृद्धवृद्धा आमाबाबु साक्षी राखेर गीत गाइरहंदा उनले नेपाली समुदाय विभाजित नहुन पनि आग्रह गरे ।

किरात राई यायोक्खा (किराया) बेलायतले कन्सर्ट गरेको हो ।

किराया बेलायत अध्यक्ष चन्द्रबहादुर राईले कन्सर्टमा झण्डै हजार दर्शक सहभागी भएका जनाउंदै यसले बेलायतभर छरिएर रहेका हरेक जातका नेपालीलाई एकै थलोमा एकत्रित गरेको बताए । ‘यो सामाजिक सद्भावको एउटा उत्कृष्ट नमुना पनि हो’, उनले भने ।

महासचिव चन्द्रवती राई एवं उपमहासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा अध्यक्ष राईले गायक र संगीतकर्मीहरुलाई सम्मान गरेका थिए । कार्यक्रम संयोजन संस्थाका उपाध्यक्ष सुमनचन्द्र राईले गरेका थिए ।

उक्त कन्सर्टको प्रमुख प्रायोजकमा अनुग्रह ज्वेलरी (अल्डरसट, प्लमस्टेड) र लेमन लिफ रेष्टुरेन्ट एण्ड बार फोकस्टन थिए भने विशेष प्रायोजकहरुमा एनआरएनए यूके, गोर्खा हिल फोकस्टन, गोर्खा मोर्गेजेज र रेड प्यारोट अकाउन्टिङ लि. थिए ।

त्यसैगरि, कार्यक्रमलाई कोभ एभरेष्ट क्यास एण्ड क्यारी फार्नबोरो, गोर्खा सेक्युरिटी सर्भिसेस्, एभरेष्ट कन्भिनेन्स स्टोर क्याम्बर्ली, पिपल मोर्गेजेज, हिमालयन रेष्टुरेन्ट क्याम्बर्ली, मुस्ताङ मोटर्स फोकस्टन, ग्लोवल मार्ट आसफोर्ड, पिसन किचन रेडिङ, दरबार ककटेल बार एण्ड लाउन्ज आसफोर्ड, गोर्खा भान्सा घर आसफोर्ड, इण्डिया हाउस रेष्टुरेन्ट आसफोर्ड, ए स्टार फाइनान्सियल सोलुसन्स यूके, पुष्पा डि हेयर, ब्युटी एण्ड नेल स्यान्डस्र्ट, लिटल एसिया फार्नबोरो, ओजोन एएम रेष्टुरेन्ट अल्डरसट, वी रिपेयर कार सर्भिस फार्नबोरो, गोर्खा सुपरस्टोर आसफोर्ड, राजशान्ति फाउण्डेशन, युरोपा फुड फार्नबोरो, आसिर ज्वेलरी, एभरेष्ट इन हाइथ, मेची रिसोर्ट प्रा. लि. पोखरा, न्यू लक्ष्मी बुटिक एण्ड कलेक्सन अल्डरसट, मालिङ्गो रेष्टुरेन्ट अल्डरसट, अटेन्टिभ ड्राइभिङ स्कुल अल्डरसट, न्यू लक्ष्मी ज्वेलर्स अल्डरसट, बिजी बी इन्टरटेन्मेन्ट यूके, पोखरा ट्राभल फोकस्टन, एभरेष्ट क्यास एण्ड क्यारी फोकस्टन, ओरियन्टल बफेट फोकस्टन, एभरेष्ट क्याफे फोकस्टन, हिमालयन क्याफे फोकस्टन, एलिगेन्स हेयर एण्ड ब्युटी फोकस्टन र शिवनोभा इक्वेटर फेस्टिभल केन्टले प्रायोजन गरेका थिए ।

तस्बिरहरु- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू