बिहीबार, जेठ ३, २०८१
10:29 | १५:१४

होटलमा मृत भेटिए पत्रकार अधिकारी

नेपाली लिङ्क नोभेम्बर ९, २०२२

काठमाडौं । पत्रकार सरोजराज अधिकारी काठमाडौँको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि आज उनकी श्रीमतिले प्रहरीमा निवदेन दिएकी थिइन् । प्रहरीले मोबाइल ट्रयाक गरेर खोज्दा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हो ।

विगतमा कान्तिपुर दैनिक, नेपाल साप्ताहिक, नयाँ पत्रिका दैनिक, नेपाल लाइभलगायत सञ्चारमाध्यममा आबद्ध अधिकारी पछिल्लो समय आफ्नै मिडिया खोलेर सक्रिय थिए । उनका जासुसीको जालो, चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोजी र रुपबजारकी नोरा पुस्तक प्रकाशित छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू