शुक्रबार, जेठ ४, २०८१
12:27 | १७:१२

बेलायतमा १२ नोभेम्बरमा राजेशपायल राई एकल सांगीतिक साँझ तयारी

नेपाली लिङ्क अक्टोबर १७, २०२२

लन्डन। किरात राई यायोक्खा (किराया) बेलायतले आउँदो नोभेम्बर १२ का दिन नेपाली सांगीतिक आकासका सुप्रसिद्ध गायक ‘राई इज किङ्’ राजेशपायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्ने भएको छ।

आयोजक किराया बेलायतले आइतबार एक विज्ञप्ति जारी गर्दै अल्डरसट एम्प्यायर हलमा हुने सो कार्यक्रमको तयारी अगाडि बढेको जानकारी गराएको छ।  

शुरुमा गत जुलाई महिनाकै लागि निर्धारित कार्यक्रम प्राविधिक कारण नोभेम्बर १२ लाई सारिएको थियो।  

‘हामीले १९ जुलाई २०२२ को प्रेस विज्ञप्तिमार्फत राजेश पायल राई एकल सांगीतिक साँझ कार्यक्रमका प्रायोजकहरु, दर्शक, श्रोता तथा शुभचिन्तकहरु सम्पूर्णमा अर्को सूचना जारी गर्ने वाचा गरेअनुसार राजेश पायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम आगामी मिति १२ नोभेम्बर २०२२ को दिन अल्डरशटको एम्पायर हलमा सम्पन्न हुनेछ’- किराया बेलायतले विज्ञप्तिमा भनेको छ।

सम्पूर्ण बेलायतबासी नेपाली गीतसंगीत प्रेमी दर्शकलाई उपस्थित भइ कार्यक्रम सफल पार्न आयोजकले आव्हान  गरेको छ ।

विज्ञप्ति:

किरात राई यायोक्खा बेलायतले आगामी मिति १२ नोभेम्बर २०२२ को दिन नेपाली सांगीतिक आकासका सुप्रसिद्ध गायक ‘राई इज किङ्’ अर्थात राजेश पायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम आयोजना गर्न गइरहेको सहर्ष जानकारी गराउँदछौं ।

यस राई इज किङ् एकल सांगीतिक साँझलाई भब्य, आकर्षक र अझ जीवन्त बनाउन बेलायतकै उत्कृष्ट वाद्यवादकहरुको प्रत्यक्ष ब्याण्ड समेत समावेश गरिएको छ । 

आयोजक संस्था किरात राई यायोक्खा बेलायतले गएको मिति २४ जुलाई २०२२ कै दिन आयोजना गर्ने भनि निर्धारित गरिएको यस राजेश पायल राई एकल सांगीतिक साँझ कार्यक्रम सम्पूर्ण तयारी सकेर पनि अन्तिम अवस्थामा स्थगित गर्नुपरेको र स्थगित गर्नुको कारण हामीले गएको मिति १९ जुलाई २०२२ को प्रेस विज्ञप्तिमा स्पष्ट उल्लेख गरेको र केही दिन पस्चात सुप्रसिद्ध गायक राजेश पायल राई स्वयंले एक भिडियो सन्देश मार्फत आयोजक संस्था तथा उहाँका हजारौं बेलायती प्रसंशकलाई सम्बोधन गर्दै यसबारे थप स्पष्ट पार्नु भएको हामी सबैलाई स्मरण गराउन चाहन्छौं । 

साथै त्यस समय हाम्रो प्रेस विज्ञप्ति प्रकाशन र प्रशारण गर्दै लक्षित सबै समक्ष सूचना (सूचनाको पहुँच) पुरयाइदिनुभै हामीलाई सहयोग गरिदिनुहुने बेलायती सम्बन्धित सबै मिडिया हाउस तथा संचारकर्मी सबैमा हार्दिक आभार प्रकट गर्दछौं । सबै मिडिया हाउस तथा संचारकर्मीहरुबाट आगामी दिनहरुमा पनि सोही प्रकारको सहयोग निरन्तर पाइरहने अपेक्षा गर्दछौं । 

यसैगरी, हामीले गएको मिति १९ जुलाई २०२२ को प्रेस विज्ञप्ति मार्फत यस राजेश पायल राई एकल सांगीतिक साँझ कार्यक्रमका प्रायोजकहरु, दर्शक, श्रोता तथा शुभचिन्तकहरु सम्पूर्णमा अर्को सूचना जारी गर्ने वाचा गरे अनुसार राजेश पायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम आगामी मिति १२ नोभेम्बर २०२२ को दिन अल्डरशटको एम्पायर हलमा सम्पन्न हुने र उक्त कार्यक्रममा नेपाली गीत–संगीतप्रेमी सम्पूर्ण बेलायतबासी दिदीबहिनी तथा दाजुभाईहरु उपस्थित भैदिन यसै प्रेस विज्ञप्तिमार्फत हार्दिक आव्हान गर्दछौं ।

कार्यक्रमबारे थप जानकारी आवस्यक परे किराया बेलायतको आधिकारिक वेबसाइट मा गएर हेर्न अनुरोध गर्दछौं ।

चन्द्रवती राई, महासचिव

सुमनचन्द्र राई, उपाध्यक्ष/कार्यक्रम संयोजक

चन्द्र बहादुर राई अध्यक्ष, किराया बेलायत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू