शुक्रबार, चैत १६, २०८०
01:47 | ०७:३२

यूकेमा पहिलोपटक ए स्टार नेप्लिज बास्केटबल लिग, बलर्स स्ल्यामर्सले जित्यो शिल्ड

नेपाली लिङ्क अगस्ट २९, २०२२

लन्डन । बेलायतमा पहिलोपटक आयोजित ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ बलर्स स्ल्यामर्स टिमले जितेको छ । 

स्यान्डहर्स्ट निक्स र बलर्स स्ल्यामर्सबीच शनिबार भएको अन्तिम प्रतिष्पर्धामा बलर्स स्ल्यामर्सले ६९ अंक ल्याएर प्रथम भइ शिल्ड एवं मेडल जित्यो । स्यान्डहर्स्ट निक्स ६३ अंक ल्याएर सेकेन्ड रनरअप बनेको छ ।

लन्डनस्थित ब्रुनेल युनिभर्सिटी स्पोर्टस् सेन्टरमा आयोजित फाइनल खेल निकै रोचक बनेको थियो । सो अवसरमा करिब तीनसय ३१० जना दर्शक सहभागी थिए ।

तेश्रो स्थानका लागि डिबीएस र वाटरमेलन स्न्याचर्सबीच भएको खेलमा वाटरमेलन स्न्याचर्सले ९० अंक ल्याइ तृतीय भयो भने डिबीएसले ६३ अंक प्राप्त गरयो ।

महिलातर्फ दुईमात्र टिम ‘म खेल्छु १’ र ‘म खेल्छु २’ बीच भएको मैत्रीपूर्ण खेलमा ‘म खेल्छु २’ ले ४३ अंक ल्याएर जीत हासिल गरयो भने अर्को टिमले २० स्कोर ल्यायो । 

त्यसैगरि, फाइनल्स् एमभिपी अवार्ड बलर्स स्ल्यामर्सका अनिस तामाङले पाए भने लिग टप स्कोरर साउथ आसफोर्ड वुल्भस्का एमानुयल अगस्टिनो र लिग थ्री प्वाइन्ट लिडर स्यान्डहर्स्ट निक्सका प्रसान राई भए । 

फाइनल खेलमा अतिथीहरु दूतावासका अट्याची गजेन्द्र राई, हिलिङडनका डेपुटी मेयर शेयार अहमद वेलाना, बार्नेट काउन्सिलर लक्ष्यबहादुर गुरुङ, ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रवन्ध निर्देशक मीन दर्लामी लगायतले शिल्ड, मेडल र ट्रफी प्रदान गरे ।

नेपाल बास्केटबल यूकेले १७ साता अघि शुरु गरेको लिगमा ८ नेपाली टिम सहभागी थिए । लन्डनको अक्सब्रीज, मेडस्टोन, फेल्थाम, क्याम्बर्ली, जिलिङहम र फोकस्टन केन्ट शहरमा खेल खेलाइएको थियो ।

बेलायतको नेपाली समुदायमा सन् २००७ देखि बास्केटबल प्रतियोगिता हुने गरे पनि लिग खेलाइएको यो पहिलो भएको आयोजकले जनाएका छन् । 

नेपाल बास्केटबल यूकेका सचिव भुवन लिम्बुले बेलायतको व्यस्त समयमा लामो अवधिसम्म खेल खेलाउन चुनौती र खर्चिलो भएपनि खेलाडी, दर्शक र प्रायोजकको साथ र समन्वयले लिग सफल भएको बताए । आउंदो वर्ष अझ व्यवस्थित र व्यवसायिक बनाइने पनि लिम्बुले बताए । 

लिग मुख्य प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रबन्ध निर्देशक एवं इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीले नेपाली युवालाई अवसर सिर्जना गरी बास्केटबलमार्फत उनीहरूलाई कुलतमा नलाग्न प्रेरित गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । दर्लामीले कार्यक्रममा सहभागी अतिथीहरुलाई सम्मान पनि गरे । 

ए स्टारले दोश्रो पुस्तालाई लक्षित गरिएका विभिन्न कार्यक्रममा विगतमा पनि सहयोग गर्दै आएको छ ।  

बेलायतको नेपाली समुदायबीच बास्केटबल खेल व्यवस्थित र थप व्यावसायिक बनाउन युवाहरूले हालै नेपाल बास्केटबल यूके गठन गरेका हुन्  । 

उक्त संस्थाले नेपाल र बेलायतका खेलाडीबीच सम्बन्ध विस्तार, दुई देशमा विभिन्न इभेन्ट र प्रशिक्षण तथा लिग एवं टुर्नामेन्टलाई नियमित गर्ने सोच बनाएको छ ।

संस्थाले दीर्घकालीन लक्ष्यमा बास्केटबल इंग्ल्यान्डसंग आवद्धता, बेलायतबाट नेपाल प्रतियोगितामा सहभागिता र नेपालका खेलाडीलाई बेलायतमा अवसर एवं प्रशिक्षण प्रदान गर्ने लक्ष्य पनि राखेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू