शनिबार, वैशाख २२, २०८१
03:10 | ०७:५५

स्कटल्यान्डमा नेपालको सानदार जीत

नेपाली लिङ्क जुलाइ १३, २०२२

लन्डन- नेपालले स्कटल्यान्डलाई उसकै ग्राउन्डमा सानदार ढंगले पराजित गरेको छ। बुधबार स्कटल्यान्डमा भएको खेलमा नेपालले पाँच विकेटको जित निकालेको हो। 

पहिलो बलिङ गरेको नेपालले जीतका लागि १ सय ४५ रनको लक्ष पाएको थियो। 

 निर्धारित लक्ष्य पछ्याएको नेपालले २५ ओभर एक बलमा १ सय ४६ रन बनाउन सफल भयो । नेपालले १ सय ४९ बल बाँकी छँदै लक्ष्य भेटाएको हो ।

त्यसअघि स्कटल्यान्डले ४२.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो।

खेल हेर्न तथा नेपाली टीमको हौसला बढाउन दर्जनौँको संख्यामा स्थानीय नेपाली खेलमैदान पुगेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू