शनिबार, वैशाख २९, २०८१
04:08 | ०८:५३

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको १२ लाख बढी सहयोग

नेपाली लिङ्क जुन २२, २०२२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ अड्चालिस पैसाको चेक हस्तान्तण गरेको छ ।

उक्त चेक बुधबार सचिवालयमा आयोजित कार्यक्रममा गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई हस्तान्तण गरे ।

डा. महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे । विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकाले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि र रोजगारी सृजना हुने उनले बताए ।

राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्नेमा उनको जोड थियो ।

त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविष्कार केन्द्र स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लेटफर्म दिन सक्ने पुनले बताए ।

कार्यक्रमको अन्त्यमा संघका कार्यकारी अध्यक्ष आचार्यले विभिन्न अभियन्ताबाट प्रतिवद्धता गरिएको रकममध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताए ।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराएका थिए ।

उक्त कार्यक्र सञ्चालन गैरआवासीय नेपाली संघ युरोपका क्षेत्रीय संयोजक चिन्तामणी सापकोटाले गरेका थिए ।

कार्यक्रममा विभिन्न मुलुकबाट आएका आइसीसी तथा एनसीसी प्रतिनिधिहरु, गैरआवासीय नेपालीलगायत सञ्चारकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू