शनिबार, वैशाख २२, २०८१
06:04 | १०:४९

बेलायतले सम्झौता नमानेपछि युरोपेली संघले थाल्यो कानूनी कारबाही

रासस-एपी जुन १५, २०२२

ब्रसेल्स, १ असार -युरोपेली संघ (ईयू) बाट बेलायत बाहिरिँदा दुवैपक्षबीच भएका सम्झौताका केही अंशलाई बेलायतले एकतर्फीरूपमा अस्वीकार गरेपछि बेलायतविरुद्ध ईयूले कानूनी कारबाही शुरू गरेको छ ।

बेलायतले आफ्नो भूमिबाट उत्तरी आयरल्याण्ड प्रवेश गर्ने केही सामानमा भन्सार जाँचका प्रावधान एकतर्फीरूपमा हटाउन खोजेपछि ईयूले कानूनी कारबाही शुरू गरेको हो ।

यद्यपि युरोपेली आयोगले समस्याको संयुक्त समाधान अदालत बाहिर खोज्नुपर्नेमा जोड दिएको छ ।

बेलायतको एकपक्षीय निर्णयले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको र त्यो अस्वीकार्य भएको ईयूले बताएको छ । युरोपेली आयोगका उपाध्यक्ष मारोस सेफकोभिचले आज यहाँ भएको पत्रकार सम्मेलनमा उत्तरी आयरल्याण्डको ‘प्रोटोकल’ भित्र रहेर समस्याको समाधान खोजिुनपर्ने बताए ।

उक्त प्रोटोकल ब्रेक्जिट सम्झौताको एक अंश हो जसले मालसामानहरूका लागि उत्तरी आयरल्याण्डलाई ईयूको एकल बजारमा समावेश गरेको छ ।

विवाद समाधान हुन नसकेमा बेलायतका सामानहरूमा भन्सार लगाउन सकिने जनाउँदै उपाध्यक्ष सेफकोभिचले बेलायतबाट नयाँ–नयाँ माग आएका बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू