शुक्रबार, वैशाख २१, २०८१
13:13 | १७:५८

अमेरिकी राष्ट्रपतिले मध्यपूर्वको भ्रमण गर्ने

रासस-एएनआई जुन १४, २०२२

अमेरिकी राष्ट्रपति जो बाइडेन । तस्बिर एपी

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी महिना मध्यपूर्वको भ्रमण गर्ने भएका छन् । आउँदो जुलाई १३ देखि १६ सम्म उनले साउदी अरब, इजरायल र वेस्ट ब्याङ्कको भ्रमण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

इजरायलबाट शुरु हुने उनको भ्रमण साउदी अरबमा पुगेर टुङ्गिने जनाउँदै राष्ट्रपति कार्यालयलका एक अधिकारीले इजरायलमा राष्ट्रपति बाइडेनले त्यहाँका नेताहरूसँग इजरालको सुरक्षा, समृद्धि र बृहत्तर क्षेत्रमा बढ्दो एकीकरणका बारेमा छलफल गर्ने बताए ।

वेस्ट ब्याङ्कको भ्रमणका क्रममा उनले प्यालेष्टिनी प्राधिकरणका पदाधिकारीहरूसँग परामर्श गर्ने र उनीहरूलाई प्यालेष्टिनी जनताको सुरक्षा, स्वतन्त्रता र अवसरको समान उपायसहित ‘दुई राज्य समाधान’ का लागि अमेरिकाको दृढ समर्थन दोहोरयाउने ती अधिकारीले बताए ।

वेस्ट ब्याङ्कको भ्रमण पूरा गरी अमेरिकी राष्ट्रपति साउदी नरेश सलमानको निम्ता मान्न साउदी अरबको जेद्दा पुग्नेछन् । त्यहाँ उनी ‘जिसिसी प्लस तीन’ले परिचित इजिप्ट, इराक र जोडर्नसमेत सम्मिलित गल्फ कोअपरेशन काउन्सिलको शिखर बैठकमा सहभागी हुनेछन् । साउदी अरब जिसिसीको वर्तमान अध्यक्ष देश हो ।

शिखर सम्मेलनमा यस क्षेत्रका नौ जना नेताले पनि भाग लिनेछन् । राष्ट्रपति कार्यालयका अनुसार इजरायल भ्रमणको मुख्य उद्देश्य उसको सुरक्षा र समृद्धिका निम्ति अमेरिकाको प्रतिबद्धतालाई सुदृढ तुल्याउनु हो भने जिसिसी शिखर सम्मेलनमा भाग लिएर बाइडेन प्रशासनले मध्यपूर्वमा अमेरिकी सुरक्षा, आर्थिक एवम् कूटनीतिक हितलाई अघि बढाउनु हो ।

राष्ट्रपति बाइडेनको यो भ्रमण कूटनीतिमार्फत मध्यपूर्वमा शान्ति एवम् स्थायित्व कायम गर्नु पनि हो । इजरायलमा रहँदा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नफ्ताली बेनेट र राष्ट्रपति इसाक हर्जोगलगायत अधिकारीलाई भेट्ने तथा बेथलेहेममा प्यालेष्टिनी राष्ट्रपति महमुद अबससँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू