बिहीबार, चैत १५, २०८०
09:10 | १४:५५

पोखरा महानगर प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमाले अगाडि

रासस मे २२, २०२२

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख चार हजार २१२ मतगणना सकिएको छ ।

पोखरामा आज दिउँसो १:०० बजेसम्मको मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

आचार्य अहिलेसम्म तीन हजार ३९५ मतले अघि छन् । आचार्यले ४१ हजार ७०५ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा (एमाले) का कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याएका छन् ।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा (एमाले) उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटको ४१ हजार ९२० मत छ । उपप्रमुखमा एक हजार ६९६ मतान्तर छ ।

वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । महानगरका ३३ वडामध्येमा अहिले वडा नं १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ नं को मतगणना भइरहेको छ । गणना बाँकी रहेका वडामा २१, २२, ३२ र ३३ नं रहेका छन् । हालसम्म २० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू