शनिबार, वैशाख १५, २०८१
01:00 | ०५:४५

१७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरे

रासस–एएफपी मे १९, २०२२

तस्बिर एपी

मस्को, ५ जेठ–रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ ।

‘विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्’, मन्त्रालयले द्वन्द्वबारे आफ्नो दैनिक ब्रिफिङमा उल्लेख गरेको छ ।

मे १६ देखि कुल ८० घाइते सहित १,७३० लडाकुहरूले आत्मसमर्पण गरेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू