शुक्रबार, वैशाख १४, २०८१
17:56 | २२:४१

ईयूद्वारा युक्रेनलाई ९ अर्ब यूरो सहायता प्रस्ताव

रासस/एएफपी मे १८, २०२२

युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियोन । तस्बिर एपी

ब्रसेल्स, ४ जेठ-यूरोपेली संघ (ईयू) ले बुधबार कीभलाई रूसी आक्रमण सामना गर्नका लागि सघाउन यस वर्ष नौ अर्ब यूरो (९.५ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त सहायताको प्रस्ताव गरेको छ ।

ईयू प्रमुख उर्सुला भोन डेर लेयेनले उक्त प्रस्ताव यूक्रेनसँग गरिसकेको युरोपेली आयोगका एक अधिकारीले एएफपीलाई बताए ।

भोन डेर लेयेनले युद्ध समाप्त हुँदा युक्रेनको पुनर्निर्माणबारे सोच्ने समय भएको साथै यूरोपेली राष्ट्रको ‘यो पुनर्निर्माण प्रयासको नेतृत्व गर्न रणनीतिक रुचि’ देखाइएको बताइन् ।

उनले अन्य देश तथा अन्तर्राष्ट्रिय संस्थाहरू पनि पुनर्निर्माण परियोजनामा सहभागी हुने विश्वास व्यक्त गरिन् ।

प्रस्तावमा अहिलेदेखि २०२७ सम्म २१० अर्ब लगानी गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू