मंगलबार, वैशाख ११, २०८१
11:54 | १६:३९

नेटो सदस्यता लिन फिनल्याण्डको संसद्मा बहुमत

रासस-एएफपी मे १७, २०२२

हेल्सिन्की, ३ जेठ-फिनल्याण्डका सांसदहरूले मङ्गलबार रूसी आक्रमणविरुद्धको अभियानमा देशलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा सहभागी गराउने पक्षमा बहुमतले मतदान गरेका छन् । 

यसले आगामी दिनमा फिनल्याण्डलाई नेटो सदस्यताका  लागि आवेदन पेश गर्ने बाटो खोलिदिएको छ ।

संसदका २०० सदस्यमध्ये कूल १८८ जनाले नेटो सदस्यताको पक्षमा मतदान गरेका फिनल्याण्डको संसदले जनाएको छ । यो ७५ वर्षभन्दा अघिदेखि फिनल्याण्डको सैन्य गतिविधिमा सहभागिता नजनाउने नीति विपरीत भएको नाटकीय परिवर्तन हो ।

यूक्रेनमा रूसको आक्रमण भएसँगै फिनल्याण्डले पनि आफ्नो सुरक्षाका लागि नेटो सेनासँग सहकार्य गर्न चाहेको बिषय विगत केही समयदेखि चर्चामा छ ।

सन् १९१७ मा स्वतन्त्र नभएसम्म फिनल्याण्ड रूसी साम्राज्यको एक भागको रूपमा एक शताब्दीभन्दा बढी थियो । रूस र फिनल्याण्डको करिब १३४० किलोमिटर सीमा क्षेत्र जोडिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू