शुक्रबार, वैशाख ७, २०८१
12:25 | १७:१०

भरतपुर महानगरपालिकाको मेयरमा रेणुको अग्रता

रासस मे १७, २०२२

भरतपुर–भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ६ हजार ९२७ मतका साथ अग्रता लिएकी हुन् ।

नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले ६ हजार ६७२ मतका साथ उहाँलाई पच्छ्याइरहेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ३९१ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले आठ हजार ४२८ र राप्रपाका हिमला गुरुङले पाँच हजार ५०० मत प्राप्त गरेका छन् ।

हाल भरतपुर महानगरपालिका–५ को मत गणना जारी छ । वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले एक हजार ४६४ मत र एमालेका पदमपाणि सुवेदीले एक हजार ३५३ मत प्राप्त गरेका छन् । यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार र वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जीत हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनले अग्रता कायम गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू