शुक्रबार, वैशाख ७, २०८१
09:07 | १३:५२

फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल हुने निर्णय गम्भीर गल्तीः रुस

नेपाली लिङ्क मे १६, २०२२

रुसी राष्ट्रपति पुटिन । तस्बिर एपी

मस्को, २ जेठ –रुसले फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णय ‘गम्भीर गल्ती’ भएको बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ति देश नेटोमा आवद्ध हुनु रसियालाई धम्की नहुने तर नयां सैन्य पूर्वाधारहरु बनाइए त्यसले दूरगामी परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन् ।

स्वीडेनले नेटो आणविक हतियार विस्तारको विरोध गर्ने

सत्तारुढ स्वीडिस सोशल डेमोक्र्याटिक पार्टीले नेटो आणविक हतियारहरू र आफ्नो भूमिमा सैन्य अखडाहरू तैनाथ गर्ने कार्य गरिए त्यसको विरोध गर्ने बताएको छ।
‘सामाजिक प्रजातन्त्रवादीहरूले स्वीडेनले आफ्नो सदस्यता आवेदन स्वीकृत गरेमा आणविक हतियार र स्वीडेनको भूभागमा स्थायी सैन्य अड्डाहरूको तैनाथीको बिरूद्ध एकपक्षीय रिजर्भेसन व्यक्त गर्ने काम गर्नेछ’, पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ ।

यसअघि आइतबार पार्टीले नेटो सदस्यताका लागि समर्थन गर्ने आधिकारिक निर्णय गरेको थियो। छिमेकी फिनल्याण्डले नेटोमा सामेल हुने आधिकारिक निर्णयको घोषणा गरेको केही घण्टापछि स्वीडेनको यस्तो प्रतिक्रिया आएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू