बिहीबार, वैशाख १३, २०८१
19:55 | ००:४०

उत्तर कोरियामा कोभिड नियन्त्रणका लागि बाहिर निस्किन रोक

रासस/सिन्ह्वा मे १५, २०२२

प्योङयाङ १ जेठ- उत्तर कोरियाले कोभिड १९ संक्रमण नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ ।

सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ । यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन ।

पछिल्ला केही दिनयता ज्वरोका विरामी बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।

यहाँ शनिबार ‘ज्वरो’ मात्र २१ जनाको मृत्यु भएको बताइएको थियो । उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका गरिएको छ ।

राज्यको आधिकारिक समाचार समिति केसिएनएले आइतवार प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ । जसमा आठ लाख २० हजार ६२० मा ज्वरो देखिएको र ती मध्ये तीन लाख २४ हजार ५५० चिकित्सा उपचार प्राप्त गरेपछि निको भएका छन् ।

उत्तर कोरियामा पछिल्ला केही दिनहरुमा ज्वरोका विरामी बढेका पाइएको छ । ती ज्वरोका विरामीहरुमा कोभिड भएको आशंका गरिएको छ । यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताइएको छ ।

उत्तर कोरियाली जनस्वस्थ्य मन्त्रालयको संयोजनमा ती ज्वरोका विरामीहरुको उपचार भएको छ ।

उत्तर कोरियाली नागरिकलाई कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिड संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

उत्तर कोरियाको राजधानीमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो । नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिए अनुसार देशव्यापी लकडाउन भइरहेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू