आइतबार, जेठ ६, २०८१
14:18 | १९:०३

पूर्व उपमेयर लक्ष्य गुरुङ दोस्रो पटक काउन्सिलर निर्वाचित

नेपाली लिङ्क मे ६, २०२२

लन्डन- लन्डनको बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् ।

दुई ठाउँका लागि कुल पाँच जनाको उम्मेदवारी रहेको उक्त वडामा निकै कडा प्रतिस्पर्धाबीच गुरुङ विजयी भएका हुन्। उनीसंग पराजित उम्मेदवारसंग उनको मात्र ४२ मतको फरक छ ।

उनीसंगै अर्को काउन्सिलरमा पनि कञ्जरभेटिभ पार्टीकै उम्मेदवार शेरा वार्डलले १ हजार ७ सय ४९ मत प्राप्त गरी विजयी भइन् । लेबर पार्टीका प्रतिस्पर्धीद्धयले १ हजार ६ सय ४९ र १ हजार ५ सय ८२ मत ल्याएर पराजित बने ।

दोस्रोपटक निर्वाचित भएपछि नेपाली लिंकसंगको कुराकानीमा काउन्सिलर गुरुङले खुशी व्यक्त गरे ।

तर सत्तारुढ पार्टीविरुद्ध अन्य पार्टीले अघोषित गठवन्धन गरेको, लिबरल डेमोक्रयाटले उम्मेदवारी नदिएका कारण बार्नेट काउन्सिलमा कञ्जरभेटिभ पार्टीले बहुमत गुमाएको गुरुङले बताए ।

कञ्जरभेटिभकै बहुमत आएका भए यसपटक मेयरका लागि पहिलो दाबेदार नै आफू रहेकोमा अब त्यो अवसरबाट बञ्चित भएको उनले सुनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू