बुधबार, जेठ २, २०८१
00:31 | ०५:१६

अल्डरसटमा नेपाली वृद्धलाई ट्वाइलेटमा कुटपिट गरि लुटपाट प्रयास

नेपाली लिङ्क मे ४, २०२२

वीनचेस्टर क्राउन कोर्ट

लन्डन । बेलायती एक युवाले नेपाली वृद्धलाई अल्डरसटस्थित म्यानोर पार्कको शौचालयमा कुटपिट गरि लुटपाट प्रयास गरेको अदालतसमक्ष स्वीकार गरेका छन् ।

४ मे बुधबार बिहान वीनचेस्टर क्राउन कोर्टमा उपस्थित भएका अलेक्जेन्ड्रा रोड, अल्डरसट निवासी २८ वर्षीय ड्यारेन वाट्सले ७८ वर्षीय ति वृद्धलाई कुटपिट गरि लुटपाट प्रयास गरेको स्वीकारेको ह्याम्पसायर कन्सटबुलरीले जनाएको छ ।

वाट्सले लुट्ने प्रयास गरेको आरोप स्वीकार गरेपछि आगामी मे २६ बिहीबार उनलाई वीनचेस्टर क्राउन कोर्टमा सजाय सुनाइने प्रहरीले बुधबार जनाएको छ ।

गत फेब्रुअरीमा म्यानोर पार्कको सार्वजनिक शौचालयमा ति वृद्धलाई कुटपिट गरी पैसा मागेपछि उनीमाथि लुटपाट प्रयास गरेको अभियोग लगाइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू