बुधबार, वैशाख १२, २०८१
06:49 | ११:३४

भुवन केसीसहित चर्चित कलाकारहरु कांग्रेस प्रवेश

रासस मे ३, २०२२

नेपाली कांग्रेसमा मङगलबार पार्टी प्रवेश गरेपछि प्रधानमन्त्री एवं नेका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा नायक भुवन केसी, नायिका स्वेता खडकालगायत सहभागी । तस्बिर- रोशन सापकोटा, रासस

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई आज पार्टी प्रवेश गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाहलगायत सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू